/f]on cuf{lgs Pu|f] kmd{ P08 l/;r{ ;]G6/ k|f=ln=

Adding Green to your Life

पहिलो पल्ट लोकल चल्ला बाट कुखुरा पालनको सुरुवात

हेटौडामा अहिले करिब एक हजार जनाभन्दा बढी किसान व्यावसायिक रूपमा कुखुरा पालन गर्न थालेका छन् । उनीहरूले जिल्लामै खपत् भएको कुखुराको मासुबाट दुई करोड ६४ लाख रुपैयाँ मासिक आम्दानी गर्ने गरेका हुन् । विदेशमा हन्डर खाएर स्वदेश फर्किएका धेरैजसो युवा कुखुरा पालन व्यवसायमा लागेका छन् । लाखौं रुपैयाँ खर्चेर विदेश जाने युवाले भने जस्तो पैसा कमाउन नसके पनि स्वदेशमै लगानी गर्दा मनग्य आम्दानी लिन सकिने भएपछि कुखुरा पालन व्यवसाय सुरु गरेको हेटौडा नगरपालिका रमेश अधिकारीले बताए ।